नियम ४५
समितिले नयाँ प्रमाणपत्रहरू दिन सक्ने
ऐन र यी नियमहरूले दिएको अधिकार प्रयोग गरी समितिले कुनै शेयर बिक्री गरेकोमा सो शेयरको प्रमाणपत्र अघिल्लो शेयरहोल्डर वा ऋणदाताबाट कर्पोरेशनमा दाखिल भएको रहेनछ भने समितिले उक्त प्रमाणपत्रलाई रद्दी गरी त्यसको बदलामा हालको शेयरहोल्डर वा ऋणदातालाई अर्को नयाँ प्रमाणपत्र दिन सक्नेछ ।